• सोमबार, १५ भदौ २०८३
  • images

    मन्त्रीपरिषदद्वारा स्वास्थ्य  सेवातर्फ सचिवको दरबन्दी स्वीकृत

    मन्त्रीपरिषदद्वारा स्वास्थ्य  सेवातर्फ सचिवको दरबन्दी स्वीकृत

    श्रेष्ठ ,पोखरेल र सिंह स्वास्थ्य सचिव बन्न योग्य

    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    मन्त्रीपरिषदद्वारा स्वास्थ्य  सेवातर्फ सचिवको दरबन्दी स्वीकृत

    काठमाडौ,२२ असार । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सेवातर्फको सचिवको दरबन्दी स्वीकृत गरेको हो।  अहिले स्वास्थ्य सेवातर्फको सचिव बन्ने योग्यतामा मन्त्रालयका प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र डा. दीपेन्द्ररमण सिंह हुनुहुन्छ  ।   यसअघि  स्वास्थ्य सेवामा सचिव डा. पुष्पा चौधरी हुनुहुन्थ्यो ।  त्यो बेलाका स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग विवाद भएपछि चौधरीलाई  प्रधानमन्त्री कार्यलय सरुवा गरिएको थियो। उक्त सरकारको कार्य  विरुद्ध चौधरीले सर्वोच्च अदालतमा मुद्दा  हाल्नुभएको थियो। सर्वोच्चले चौधरीको पक्षमा फैसला गरेको थियो। पछि सचिव चौधरीले स्वास्थ्य सचिवबाट राजीनामा दिएर विश्व स्वास्थ्य संगठनमा काम गर्न जानुभएको थियो। त्यहिबेला देखि  स्वास्थ्य सेवातर्फको सचिव पद स्वतः खारेजीमा परेको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार