• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सक लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने, २७ मंसिर देखि फारम भर्न सकिने

    चिकित्सक लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने, २७ मंसिर देखि फारम भर्न सकिने

    हेल्दीखबर
    शनिबार, मंसिर २४ २०७९
    हेल्दीखबर
    शनिबार, मंसिर २४ २०७९
    चिकित्सक लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने, २७ मंसिर देखि फारम भर्न सकिने

    काठमाडौँ, २४ मंसिर । नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको आगामी माघको दोस्रो साता हुने भएको छ । काउन्सिलले आगामी आगामी १२ देखि १४ माघसम्म परीक्षा तालिका तोकेको छ ।

    परीक्षामा सहभागी हुन चाहनले आगामी २७ मंसिर देखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन् । यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्नेछन् ।

    काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधीभरी चौविसै घण्टा सेवा लिन सकिने उल्लेख गरेको छ ।

    काउन्सिलले हरेक वर्षको तीन पटक चिकित्सक लाइसेन्स परीक्षा लिने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार