काठमाडौँ ।
नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षा आगामी १७ र १८ भदौमा गर्ने भएको छ । काउन्सिलले परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीले आगामी २ भदौसम्म आवेदन फारम भर्न सक्ने उल्लेख गरेको छ । काउन्सिलले ३ र ४ भदौमा विलम्व शुल्क तिरेर फारम बुझाउन सकिने उल्लेख गरेको छ । परीक्षाका लागि अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौविसै घण्टा खुल्ला रहने र परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा सञ्चालन हुने छ ।