• सोमबार, १५ भदौ २०८३
  • images

    एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा आज पनि जारी, बेलुका नतिजा आइसक्ने

    एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा आज पनि जारी, बेलुका नतिजा आइसक्ने

    शुक्रबार, साउन २९ २०७८
    शुक्रबार, साउन २९ २०७८
    एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा आज पनि जारी, बेलुका नतिजा आइसक्ने

     

    काठमाडौँ । हिजो देखि जारी नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षा आज पनि निरन्तरता पाएको छ ।


    काेभिड महामारीबीच काउन्सिलले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई परीक्षा सुचारु गरेको जनाएको छ । कम्प्युटर बेसमा आधारित परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भइरहेको छ ।

    काउन्सिलका सदस्य एवं परीक्षा समितिका संयोजक डा सुप्रभात श्रेष्ठका अनुसार यसपटक बीडीएसमा १९६ जना र एमबीबीएसमा ९६० गरी कुल १ हजार १५६ जना सहभागी भएका छन् । परीक्षा विहान १० देखि १ र दिउसो ३ देखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन भइरहेको छ ।

    परीक्षा कम्प्युटरमा आधारित भएकोले परीक्षा सकिनासाथ आज बेलुका नतिजा प्रकाशित हुने डा श्रेष्ठले जानकारी दिए

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार