• सोमबार, १५ भदौ २०८३
  • images

    सिंगापुरमा विश्वका क्यान्सर विशेषज्ञहरुको सम्मेलन सुरु

    सिंगापुरमा विश्वका क्यान्सर विशेषज्ञहरुको सम्मेलन सुरु

    नेपालको तर्फबाट डा. अरुण शाहीको कार्यपत्र प्रस्तुत

    हेल्दीखबर
    शुक्रबार, मंसिर १६ २०७९
    हेल्दीखबर
    शुक्रबार, मंसिर १६ २०७९
    सिंगापुरमा विश्वका क्यान्सर विशेषज्ञहरुको सम्मेलन सुरु


    काठमाडौ,१६ मंसिर । सिंगापुरमा विश्वभरीका क्यान्सर रोग विशेषज्ञहरुको सम्मेलन सुरु भएको छ । 


     युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजिष्टको आयोजनामा भएको सम्मेलन सिंगापुरको सुनटेक कम्प्लेक्स हलमा सुरु भएको हो ।

    तीन दिनसम्म सञ्चालन हुने उक्त  सम्मेलनमा सिंगापुर, अमेरीका, ब्राजिल, बेलायत, भारत, चीन, वंगलादेश, श्रीलंका, जापान, मेक्सिको लगायतका विश्वका सबै देशका क्यान्सर विशेषज्ञहरुको सहभागित रहेको छ । 

    No description available.
     नेपालबाट वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही क्यान्सर सम्बन्धि सम्मेलनमा भाग लिन जानुभएको छ । डा. शाहीले नेपालमा क्यान्सरको उपचारमा भएका प्रगतिबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
     क्यान्सर रोग विशेषज्ञ डा.शाहीले नेपालमा क्यान्सरको स्थिति कस्तो छ, नेपालमा क्यान्सर रोगीको अवस्था, क्यान्सर उपचारमा नागरिकको पहुँच, क्यान्सरको उपचारमा भएका नविनतम आयामबारे कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ । 


     डा.शाहीले दिनुभएको जानकारी अनुसार सम्मेलनमा क्यान्सर उपचारमा विश्वले गरेको प्रगति, विकशित देश र विकासोन्मुख मुलुकमा क्यान्सर उपचारको क्षेत्रमा भएका प्रविधिको विकास, क्यान्सरलाई घटाउन अपनाउनुपर्ने रणनीति, क्यान्सर उपचारमा भित्रिएको नयाँ प्रविधि लगायतका विषयमा सम्मेलनमा छलफल हुने जानकारी दिनुभयो । 

     

    No description available.
     उक्त सम्मेलनमा विश्वबाट तीनहजार क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहेको छ । 

     

    No description available. No description available. No description available. No description available.  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार