• सोमबार, १५ भदौ २०८३
  • images

     नेपाल अर्थोपेडिक एशोसिएशनको सम्मेलन चितवनमा  

     नेपाल अर्थोपेडिक एशोसिएशनको सम्मेलन चितवनमा  

    एकसय बढी अनुसन्धान तथा शोधपत्र प्रस्तुत हुने

    हेल्दीखबर
    बिहीबार , फागुन ५ २०७८
    हेल्दीखबर
    बिहीबार , फागुन ५ २०७८
     नेपाल अर्थोपेडिक एशोसिएशनको सम्मेलन चितवनमा  

     चितवन । नेपाल अर्थोपेडिक एशोसिएशनको २७औँ वार्षिक सम्मेलन चितवनमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा सात  विदेशीसहित एक सय भन्दा बढी अनुसन्धान र शोधपत्र प्रस्तुत गरिँदै छ। देशभरका अर्थोपेडिक सर्जनहरुको छाता सङ्गठन नेपाल अर्थोपेडिक एशोसिएशनको
    सम्मेलनमा ९० अर्थोपेडिक सर्जन सहभागी छन् ।  पाँच सय हाराहारी स्वदेश र विदेशका विज्ञहरुले जुममार्फत् कार्यक्रममा सहभागी भएका  छन्। एशोसिएशनका केन्द्रीय अध्यक्ष डा रवीन्द्रलाल प्रधान, पूर्व अध्यक्ष डा दीपक महरा, केन्द्रीय महासचिव डा विनोद शेरचन, साइन्टिफिक कमिटीका संयोजक डा शैलज रञ्जीतकार, आयोजक समितिका अध्यक्ष एवं एशोसिएशनका चितवन अध्यक्ष डा सुरेश पाण्डे, आयोजक समितिका सदस्य सचिव डा  प्रमोद लामिछाने लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो।
    सदस्य सचिव डा लामिछानेले कार्यक्रमले अर्थोपेडिक विधामा प्रदान गरिने सेवाकोस्तर देशभरका सम्पूर्ण अस्पतालमार्फत् वृद्धि गर्न बौद्धिक सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । अनुसन्धानबाट पत्ता लागेका निष्कर्ष र सोधपत्रको प्रस्तुतिकरण र छलफलले चिकित्सकलाई आउँदा दिनमा काम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार