• सोमबार, १५ भदौ २०८३
  • images
    डेंगु नियन्त्रण उच्चस्तरीय समितिको बैठक

    ‘अब तपाईको मोबाइलमा डेंगु सम्बन्धि ‘रिङ्गटोन’ बज्नेछ’

    ‘अब तपाईको मोबाइलमा डेंगु सम्बन्धि ‘रिङ्गटोन’ बज्नेछ’

    हेल्दीखबर
    बुधबार, भदौ २२ २०७९
    हेल्दीखबर
    बुधबार, भदौ २२ २०७९
    ‘अब तपाईको मोबाइलमा डेंगु सम्बन्धि ‘रिङ्गटोन’ बज्नेछ’

    काठमाडौँ । अबदेखि तपाईको मोबाइलमा डेंगु नियन्त्रण सम्बन्धि ‘रिङ्गटोन’ बज्नेछ । 
    डेंगु नियन्त्रण उच्चस्तरीय समितिको बैठकले डेंगु नियन्त्रणका लागि मोबाइल फोन गर्दा  डेंगु नियन्त्रण कसरी गर्ने भन्ने बारेमा ‘रिङ्गटोन’ बज्ने व्यवस्था गर्ने निर्णय गरेको छ । 
    यो बाहेक डेंगु नियन्त्रणका लागि सरकारले विभिन्न ४ योजना अघि सारेको छ। मुख्य सचिव  शंकरदास बैरागीको अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकले विभिन्न ४ निर्णय गरेको हो । 
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले उच्चस्तरीय बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट डेंगु रोकथाम र नियन्त्रणका लागि पहल गर्ने र त्यसको समन्वय र सहजीकरण  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको बताउनुभयो ।

    त्यस्तै डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गरु अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य(दृश्य सामाग्री  विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने निर्णय गरेको छ।

    ठाकुरले रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोबाईल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने  बैठकले निर्णय गरेको बताउनुभयो । 
    बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् अन्य उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो।  

    बैठकमा नेपालमा हाल देखिएको डेंगु रोगको प्रकोपको प्रतिकार्य, नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा छलफल हुनुका साथै डेंगु रोगको नियन्त्रण तथा रोकथामको कार्ययोजना, सञ्चालन भइरहेका प्रतिकार्य गतिविधिको समिक्षा, नियन्त्रणका लागि भइरहेको तयारीको सम्बन्धमा समेत छलफल भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार