काठमाडौ । नेपालमा डेंगु संक्रमणबाट ३६ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता हालसम्म देशभर ३६ जना डेंगु संक्रमितको मृत्यु भएको हो।
त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ।
त्यस्तै, लुम्बिनीमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५ गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ। एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा देखिएको थियो।