सबैभन्दा बढी ७६ हजार ८८८, सबैभन्दा कम ३२ हजार ९३२
काठमाडौं । अर्थमन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले कर्मचारीको तह र ग्रेड अनुसार नयाँ तलबमान सार्वजनिक गरेको हो। अर्थले स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गर्दै सबैभन्दा बढी १२ औं तहका स्वास्थ्यकर्मीले ७६,८८८ तोकेको छ भने सबैभन्दा कम सहायक प्रथमको ३२,९३२ तोकेको छ ।यो तलब स्केल ग्रेड सहित हो।
सार्वजनिक नयाँ तलब अनुसार स्वास्थ्य सेवा तर्फ अधिकृत १२औं तहका स्वास्थ्यकर्मीको ग्रेड बाहेक सुरु तलब ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ। यस्तै अधिकृत एघारौँ तहको ६६ हजार ५३८ रुपैयाँ, दशौँ तहको ६४ हजार ३५९ रुपैयाँ, नवौँ तहको ५९ हजार ४०५ रुपैयाँ कायम गरिएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने उल्लेख थियो। हेरौं स्वास्थ्यकर्मीको तलब: 