काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट संघीय संसद्मा प्रस्तुत गर्दैछ।
संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
अर्थमन्त्री पौडेलले बुधबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १९ खर्ब आकारको बजेट ल्याउने लागेको छ। यो पटक सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढाउन लागेको छ । यस्तै महङ्गी भत्तालाई यथावत राख्ने भएको छ ।
यसपटक स्वास्थ्यमा बजेट बढ्दैछ । स्वास्थ्यले एक खर्ब हाराहारीमा बजेट पाउने सम्भावना रहेको छ । आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पटक पटक आग्रह गरेपछि मन्त्रालयले थप १३ अर्ब बढी रकमको सिलिङ पाएको थियो। थपिएको रकमपछि स्वास्थ्य मन्त्रालयले ९६ अर्बको सिलिङ प्राप्त गरेको छ।