• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टरले समेत पाएनन् तलब

    डाक्टरले समेत पाएनन् तलब

    पारिश्रमिक उपलब्ध गराइदिन प्रजिअलाई निवेदन 

    हेल्दीखबर
    आइतबार, पुस २९ २०८०
    हेल्दीखबर
    आइतबार, पुस २९ २०८०
    डाक्टरले समेत पाएनन् तलब

    हेटौंडा,२९ पुस । हेटौंडास्थित चुरेहिल अस्पतालमा  कार्यरत चिकित्सकहरुले आफुले काम गरेको तलब समेत पाउन सकेका छैनन् ।

    चिकित्सकहरुले पारिश्रमिक उपलब्ध गराइदिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका छन्। 

    आफूहरुले पाउनुपर्ने पारिश्रमिक बारम्बार ताकेता गर्दा पनि नपाएकोले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका हुन्।

    ‘सो संस्थासँग आवद्ध भई काम गरेवापत पाउनुपर्ने पारिश्रमिकका लागि समय-समयमा निवेदन दिँदा पनि आश्वासन मात्र पाएकोले यथाशक्य छिटो उपलब्ध गराइदिन अनुरोध गर्दछौं,’ निवेदनमा भनिएको छ। 

    हाल आएर संस्था धराशायी भयो भन्ने बहानामा अर्को संस्था (सीएमसी) सँग गाभिन लागेको र अस्पताल मर्मत गरी पुन: सञ्चालन गर्ने भन्दै पारिश्रमिक दिन आनाकानी गरिरहेको उनीहरुको भनाइ छ।

    ‘हामीले वर्षौंदेखि गरेको काम वापतको रकम फर्स्योट नगरी अस्पताल मर्मत गरी पुन: सञ्चालनमा ल्याउन न्यायसंगत हुँदैन। त्यसैले हाम्रो विषयलाई प्राथमिकतामा राखी बाँङ्की रकम उपल्ब्धताको सुनिश्चितता गरिदिनुहुन अनुरोध गर्दैछौं,’ निवेदनमा भनिएको छ।

    यसैबीच जिल्ला प्रशासन कार्यालयले डा भरत तिमल्सिना समेतले दिएको निवेदनमाथि कारबाही गरी विपक्षी झिकाइ छलफलबाट निकास निकाल्न श्रम तथा रोजगार कार्यालयलाई पत्र लेखेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार