• सोमबार, १५ भदौ २०८३
  • images

    स्थानीय पालिकालाई स्वास्थ्य मन्त्रालयको आग्रह:  स्वास्थ्यकर्मीलाई सम्बन्धित पालिकाले तलब-भत्ता दिनु

    स्थानीय पालिकालाई स्वास्थ्य मन्त्रालयको आग्रह:  स्वास्थ्यकर्मीलाई सम्बन्धित पालिकाले तलब-भत्ता दिनु

    हेल्दीखबर
    सोमबार, साउन ३० २०७९
    हेल्दीखबर
    सोमबार, साउन ३० २०७९
    स्थानीय पालिकालाई स्वास्थ्य मन्त्रालयको आग्रह:  स्वास्थ्यकर्मीलाई सम्बन्धित पालिकाले तलब-भत्ता दिनु

     काठमाडौँ। सहमतिको आधारमा समायोजन गरी गाउँ तथा नगरपालिका पुगेका स्वास्थ्यकर्मीलाई  पालिकाहरुले दरबन्दी भन्दा बढी भएको भन्दै फिर्ता पठाउन थालेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको तलब भत्ता सम्बन्धित पालिका बाट दिनुपर्ने परिपत्र गरेको छ। 

     समायोजन मिलान गरी स्थानीय तहमा पुगेका कतिपय स्वास्थ्यकर्मीहरु स्वास्थ्य मन्त्रालय धाउन थालेपछि मन्त्रालयले यस्तो परिपत्र गरेको हो।  पालिकाहरुको यस्तो कार्यशैली विरुद्ध स्वास्थ्यकर्मीका पेशागत संगठनहरुले बिरोध जनाउदै तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालयको समेत ध्यानाकर्षण गराएका थिए ।

     स्वास्थ्य मन्त्रालयले समायोजन मिलान गरी कार्यरत स्वास्थ्यकर्मीहरुलाई कतिपय पालिकाहरुले फिर्ता गर्न थालेको भन्ने सुनेको भन्दै त्यसो नगर्न पालिकाहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै पालिकाहरुलाई यस्तो अनुरोध गरेको हो ।

    मन्त्रालयले पालिकाहरुलाई गरेको अनुरोधमा सुरु समायोजन वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकाहरुमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई सम्वन्धित पालिकारुले यथावत जिम्मेवारीमा राखी आवश्यक तलव भत्ता पालिकाहरुबाटै गर्न भनिएको छ ।

    यस्तै अर्को बुँदामा कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलव्ध गराउँदा स्वीकृत दरबन्दी भित्रको रिक्त पद तथा तहको लागि मात्रै उपलव्ध गराउन भनिएको छ ।

    यसैगरी सहमतिको आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी हुन गएमा सम्वन्धित पालिकाहरु नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दी भन्दा बढी कर्मचारीको लागि थप तलव भत्ता वापतको रकम मन्त्रालयबाट निकासा नहुने भनिएको छ ।samayojan1_page-0001-724x1024.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार