• सोमबार, १५ भदौ २०८३
  • images

    केमसानको अध्यक्षमा भक्त हमाल, महासचिवमा विनोद मानन्धर निर्वाचित

    केमसानको अध्यक्षमा भक्त हमाल, महासचिवमा विनोद मानन्धर निर्वाचित

    हेल्दीखबर
    शनिबार, साउन ७ २०७९
    हेल्दीखबर
    शनिबार, साउन ७ २०७९
    केमसानको अध्यक्षमा भक्त हमाल, महासचिवमा विनोद मानन्धर निर्वाचित
    केमसानका पदाधिकारीहरु

      काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसनकाे) को १६ औं वार्षिक साधारण सभाले भक्त बहादुर हमाललाई अध्यक्ष चयन गरेको छ। यसअघी पनि हमालले  २०१५ देखि १७ सम्मकाे केमसानकाे अध्यक्ष भइसक्नु भएको थियो। साधरणसभाले प्रथम उपाध्यक्षमा  उमेश प्रसाद लामिछाने लाई चयन गरेको छ। यस्तै महासचिवमा विनोद कुमार मानन्धर, सचिवमा समिर मरहट्टा र कोषाध्यक्षमा,गणेश प्रसाद सापकोटा चयन हुनुभयो। यस्तै  केन्द्रिय सदस्यमा रेमन्त भट्ट, विजय खनाल अर्जुन रानाभाट र श्री खडानन्द पाण्डे रहनुभएको छ। 

    नवनिर्वाचित कार्समितिको कार्यकाल तिन वर्षको रहने छ। द्वितिय उपाध्यक्ष तथा २ जना कार्यसमिति सदस्य मनोनयन नवगठित कार्यसमितिले गर्ने व्यवस्था संघको विधानले उल्लेख गरेको छ।

    गुणस्तरीय उपकरण तथा रसायन उपलब्ध गराउने उद्देश्य सहित केमसान  बि.स २०६१ साल देखि सक्रिय रहेको छ। केमसानका नेपालभर हालसम्म ८ वटा शाखा विस्तार गरसिकेको छ ।  केमसानको सदस्यता संख्या ३५० पुगेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार