• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मेडिकल उपकरण औषधी व्यवस्था विभागमा दर्ता हुन सम्भव छैनः केमसान अध्यक्ष हमाल

    मेडिकल उपकरण औषधी व्यवस्था विभागमा दर्ता हुन सम्भव छैनः केमसान अध्यक्ष हमाल

    औषधीमाजस्तै मेडिकल उपकरणमा भन्सार शुल्क एक प्रतिशतमा झार्न सुझाव 

    बिहीबार , फागुन १५ २०८१
    बिहीबार , फागुन १५ २०८१
    मेडिकल उपकरण औषधी व्यवस्था विभागमा दर्ता हुन सम्भव छैनः केमसान अध्यक्ष हमाल

    काठमाडौँ, १५ फागुन । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष भक्त बहादुर हमालले मेडिकल उपकरण आयात गर्दा भन्सार दर घटाउनुपर्ने बताउनुभयो । 
    उहाँले मेडिकल उपकरण नागरिकको उपचारमा प्रयोग हुने सामग्री भएकोले भन्सार दर घटाउनुपर्ने उहाँको तर्क रहेको छ । 
    आठौँ मेडिकल तथा ल्याब एक्स्पो (प्रदर्शनी) उद्घाटन सत्रमा उहाँले औषधीमा जस्तै भन्सार शुल्कमा पनि एक प्रतिशतमा झार्न आग्रह गर्नुभयो । उहाँले औषधी आयातमा १ प्रतिशत भन्सार शुल्क लिने सरकारले मेडिकल उपकरण आयात गर्दा महंगो भन्सारसंगै मूल्य अभिबृद्धि कर (भ्याट) समेत जोडेर लिने गरेको बताउनुभयो । केमसान अध्यक्ष हमालले अहिलेको अवस्थामा विभागमा दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताउनुभयो  । उहाँले औषधी व्यवस्था विभागमा दर्ता हुने कुरा अहिलेका लागि सम्भव नहुने भन्दै व्यवसायीको कारोवार पनि औषधीकै जति नै हुने बताउनुभयो। उपकरण व्यवसायीलाई दर्ता, नियमन तथा अनुगमन गर्ने छुट्टै विभाग बनाईदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“ हामी दर्ता भएर गुणस्तर एकीन गरेर ढुक्कले व्यापार गर्न चाहन्छौँ ।’
    औषधी व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरु आयात तथा बिक्री गर्नु अघि अब आफूकहाँ दर्ता हुनु पर्ने भन्दै गत ३० कात्तिकमा सूचना जारी गरेको थियो । विभागले त्यसबेला तीन महिना भित्र सबै यससंग सम्वन्धित व्यवसायीले दर्ता भईसक्नु पर्ने बताएको थियो । तर अवधी सकिदा एउटा कम्पनीले दर्ता गरेका छैनन । 
    उहाँले राज्यले नीतिगत रुपमा सहुलियत दिएमा तत्काल नै ३० देखि ४० प्रतिशत उपकरण उत्पादन स्वदेशमै हुने दावी गर्नुभयो । उहाँले निजी क्षेत्रलाई लगानी गर्ने बातावरण मिलाईदिन समेत सरकारसंग आग्रह गर्नुभयो । 
    उहाँले मेडिकल उपकरणमा २० देखि ५० प्रतिशत महंगो पर्ने गरेको दावी गर्नुभयो । उहाँले मेडिकल उपकरण विदेशबाट आयात गर्नुपर्ने भएकोले हालको भन्सारले बिरामीलाई मर्का परेको बताउनुभयो । उहाँले स्वदेशमै मेडिकल उपकरण उत्पादन नहुने भन्दै भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिनुभयो । 
    उहाँले नेपालमा वार्षिक ३० अर्व बढीको मेडिकल उपकरण आयात हुने गरेको बताउनुभयो । 
    अध्यक्ष हमालले भारतसंगको खुल्ला सिमानाका कारण भन्सार छलेर उपकरणहरु तस्करीमा आउने गरेको बताउनुभयो । उहाँले त्यस्ता उपकरणको गुणस्तरमा शंका हुने बताउनुभयो । उहाँले सर्भसाधारणलाई सस्तो सुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गर्न उपकरण आयात गर्ने व्यवसायीहरुले सन् २०१६ मा केमसान दर्ता गरेर काम गर्दै आएको भन्दै आफूहरुको व्यवसाय नाफाका लागि मात्रै नभई सेवामुखी भएको समेत बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार