चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फ म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरिएको छ । एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा असार २२ गते कार्यालय समयभित्र भर्ना भइसक्न आयोगले आग्रह गरेको छ ।
बुधबार राति सूचना प्रकाशन गर्दै आएको भर्नाका लागि आवश्क शर्तहरु समेत उल्लेख गरेको छ । झुठा विवरण पेश गरेमा भर्ना रद्ध हुने पनि जानकारी दिइएको छ । first_admission_list_2022 (1).pdf :To download file click here