काठमाडौं । ह्दयघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएका बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगेललाई डिस्चार्ज गरिएको छ ।
ह्दयघात भएपनि उहाँको शल्यक्रिया भने हुन सकेन । अस्पतालका एक चिकित्सकका अनुसार पूर्व मन्त्री ढुंगेलको सुगर लेभल निय्रन्त्रण हुन नसक्दा मुटुको शल्यक्रिया नभएको हो । अहिलेलाई थप जटिलता नआओस भनेर औषधि दिइएको छ,अब १०÷१५ दिनभित्रै सुगरलाई नियन्त्रण गरेर मुटुमा स्टेन्ट राखिनेछ ।”
नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज समेत रहनुभएका ढुंगेललाई आज बिहान बान्ता गर्ने समस्या भएपछि मन्थलीस्थित तामाकोसी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा मुटुमा समस्या रहेको पत्ता लागेपछि ढुंगेललाई हेलिकोप्टरमार्फत नर्भिक अस्पताल ल्याइएको थियो ।