काठमाडौं । बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगेललाई मुटुमा समस्या देखिएको छ । नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज समेत रहनुभएका ढुंगेललाई बिहान बान्ता गर्ने समस्या भएपछि मन्थलीस्थित तामाकोसी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा मुटुमा समस्या रहेको पत्ता लागेपछि ढुंगेललाई काठमाडौं लैजाने तयारी भएको छ । उहाँको स्वास्थ्य अवस्थामा विस्तारै सुधार भएपनि मुटुको समस्याको कारण थप उपचारको लागि हेलिकोप्टर मार्फत नर्भिक अस्पताल लैजाने तयारी गरिएको छ ।