• सोमबार, १५ भदौ २०८३
  • images

    ह्दयघात भएपछि अभिनेता विक्रम अस्पताल भर्ना

    ह्दयघात भएपछि अभिनेता विक्रम अस्पताल भर्ना

    हेल्दीखबर
    शुक्रबार, असार २४ २०७९
    हेल्दीखबर
    शुक्रबार, असार २४ २०७९
    ह्दयघात भएपछि  अभिनेता विक्रम अस्पताल भर्ना

    दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको छ।

    उनको स्वास्थ्य स्थितिबारे डाक्टरले केही जानकारी दिएका छैनन्। अभिनेता विक्रमको प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य सुधारको कामना गरिरहेका छन्।

    उनी शुक्रबार साँझ ६ बजे फिल्म 'पोन्नियिन सेलवन पार्ट १' को टिजर सार्वजनिक कार्यक्रममा सहभागी हुने बताइएको थियो। फिल्ममा उनी मुख्य भूमिकामा छन्। एपिक ड्रामा फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि अभिनय रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार