• सोमबार, १५ भदौ २०८३
  • images

    पायल्सको समस्या र उपचार विधी

    पायल्सको समस्या र उपचार विधी

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    पायल्सको समस्या र उपचार विधी


    काठमाडौँ ।
    पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाव पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु पलाउँछ । जब मलद्वारमा समस्या हुन्छ, खानपानलाई त्यसले प्रभावित बनाउँछ । खानपान प्रभावित भएपछि स्वास्थ्यमा असर गर्छ । यसले शारीरक मात्र होइन, मानसिक रुपले पनि हामीलाई रोगी बनाउँदै लान्छ । खानपान र जीवनशैलीको कारण यो समस्या हुन्छ । चिल्लो, मसलेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ । पानीको सेवन कम गर्नु, फाइबरयुक्त सागपात सेवन नगर्नु, फलफूल सेवन नगर्नु, शारीरिक रुपमा निस्क्रिय बस्नु, तारेको भुटेको खानेकुरामा जोड दिनु, मासुमंसमा लिप्त हुनु पायल्स निम्त्याउने कारण हुन् । खानपान र जीवनशैलीको कारण कब्जियत हुन्छ । कब्जियत भएपछि दिसा त्याग गर्न गाह्रो हुन्छ । दिसा त्याग गर्न गाह्रो भएपति मलद्वारमा अनावश्यक दवाब पुग्छ । यसले घाउँ बनाउँछ ।
    उपचार विधी
    १. नियमित रुपमा दिसा गर्ने । दिसा त्यागको लागि निश्चित समय बनाउने ।
    २. दिसा गर्दा बल नगर्ने, हतार नगर्ने ।
    ३. सुपाच्य खानेकुरा सेवन गर्ने ।
    ४. पर्याप्त पानी वा झोलयुक्त खानेकुरा खाने ।
    ५. फाइबरयुक्त खानेकुरा, साग, फलफूल सेवन गर्ने ।
    ६. पिरो, मसलेदार, चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने ।
    ७. मदिराजन्य खानेकुरा, मासुजन्य खानेकुरा सेवन नगर्ने ।
    ८. चिन्ता नलिने । पर्याप्त निन्द्रा लिने ।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार