• सोमबार, २ कात्तिक २०८३
  • images

    रिम्डेसिभिर औषधि नेपालमै उत्पादन

    रिम्डेसिभिर औषधि नेपालमै उत्पादन

    आइतबारदेखि बजारमा आयो

    हेल्दीखबर
    सोमबार, असार १४ २०७८
    हेल्दीखबर
    सोमबार, असार १४ २०७८
    रिम्डेसिभिर औषधि नेपालमै उत्पादन

    काठमाडौं, १४ असार । कोरोना खोपको लागि अत्यावश्यक मानिने औषधि रिम्डेसिभिर नेपालमा पहिलो पटक  उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले आइतबारबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो । औसधि ब्यबस्था बिभागका प्रबक्ता सन्तोष केसिले उक्त रिम्डेसिभिर  औसधि बजारमा ल्याउनका लागि स्वीकृत पाइसकेको बताउनुभयो । कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो ।
    विभागका प्रबक्ता केसीले औषधि व्यवस्था विभागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको  बताउनुभयो ।
    हेल्थकेयर प्राइभेट लिभिटेडका बजार उपव्यवस्थापक अजय पाण्डेले हिजोबाट सो औषधि बजारमा लाएको प्रति भाइल तीन हजार पाँच सय रुपियाँ रहेको बताउनुभयो । उहाँले साे औषधिकाे ब्राण्ड नेम रेमसिभिर रहेकाे बताउनुभयाे  । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार