काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) फेडेरेसन अफ अंकोलोजिस्ट नेपाल (एसएफओएन)को वार्षिक साधारण सभाले क्यान्सर रोग विशेषज्ञ प्राडा. विवेक आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। तीन वर्षको कार्यकाल रहेको नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. उज्वल चालिसे, महासचिवमा डा गुरुसरण शाह र कोषाध्यक्षमा डा रोशन मिश्र चयन हुनुभएको छ। यस्तै सदस्यहरुमा डा.अरुण शाही, डा सन्ध्या चापागाईं, डा कपेन्द्र शेखर अमात्य, प्राडा रोविन जोशी, डा जितेन्द्र परियार, डा प्रदिप न्यौपाने र डा वीरेन्द्र यादव चयन हुनुभएको छ।