• सोमबार, १५ भदौ २०८३
  • images

    क्यान्सर रोग विशेषज्ञ डा. शाही ‘द म्याक्स फाउण्डेसन’को ‘ग्लोबल थिंक ट्यांक’ सदस्यमा नियुक्त

    क्यान्सर रोग विशेषज्ञ डा. शाही ‘द म्याक्स फाउण्डेसन’को ‘ग्लोबल थिंक ट्यांक’ सदस्यमा नियुक्त

    बिहीबार , माघ १५ २०८२
    बिहीबार , माघ १५ २०८२
    क्यान्सर रोग विशेषज्ञ डा. शाही ‘द म्याक्स फाउण्डेसन’को ‘ग्लोबल थिंक ट्यांक’ सदस्यमा नियुक्त

    काठमाडौं, १५ माघ । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ‘ग्लोबल थिंक ट्यांक’ सदस्यमा नियुक्त हुनुभएको छ ।

    विश्वका ८० बढी देशमा क्यान्सर बिरामीलाई जीवनरक्षक औषधी तथा उपचारमा सहयोग गर्दै आएको अन्तराष्ट्रिय संस्था ‘द म्याक्स फाउण्डेसन’ले नेपालका मेडिकल अंकोलोजिस्ट डा. शाहीलाई आफ्नो प्रतिष्ठित ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त गरेको हो।

    यो नियुक्ति क्यान्सर उपचारमा पहुँच, नीति निर्माण, र बिरामी–केन्द्रित कार्यक्रमहरू विकास गर्न विश्वस्तरमा काम गरिरहेका विज्ञहरूको समूहमा नेपालको प्रतिनिधित्वको रूपमा महत्वपूर्ण मानिएको छ।


    डा. शाहीको यो भूमिकाले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा क्यान्सर उपचार सुधारका लागि रणनीति निर्माण, अनुभव आदान–प्रदान र नवीन पहलहरूमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

    शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्सल्ट्यान्ट अंकोलोजिष्टका रूपमा कार्यरत हुनुहुन्छ ।

    शाही लामो समयदेखि नेपालमा क्यान्सर उपचार सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय रहँदै आउनुभएको छ ।

    डा शाहीले विश्वभर क्यान्सर बिरामीको उपचार पहुँच सुधार्ने उद्देश्य बोकेको ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांकमा आबद्ध हुन पाउनु मेरो लागि ठूलो सम्मान भएको बताउनुभयो ।

     उहाँले यो नियुक्तिले नेपालको अनुभव विश्वसँग बाँड्दै, विश्वका उत्कृष्ट अभ्यास नेपालमा भित्र्याउने प्रयास गर्ने बताउनुभयो  ।

    फाउण्डेसनले २० वर्षदेखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरका बिरामीहरुलाई निःशुल्क औषधी उपलब्ध गराउँदैं आएको छ ।

    हाल फाउण्डेसनले पाटनसहित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट समेत रक्त, फोक्सो, किड्नी, पेट, जिष्ट र स्तन क्यान्सरका बिरामीका लागि १४ प्रकारका औषधीहरु बिरामीलाई निःशुल्क उपलब्ध गराइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार