काठमाडौं । टाउकोमा चोट लागेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी वीर अस्पताल अस्पताल भर्ना हुनुभएको छ। मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको हो। टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बस्नुभएको थियो ।
टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको हो।
वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ।