• सोमबार, १५ भदौ २०८३
  • images

    माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना, उच्चरक्तचापको समस्या

    माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना, उच्चरक्तचापको समस्या

    हेल्दीखबर
    शनिबार, कात्तिक २७ २०७८
    हेल्दीखबर
    शनिबार, कात्तिक २७ २०७८
    माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना, उच्चरक्तचापको समस्या


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना हुनुभएको छ । 


    रक्तचाप बढेपछि माओवादी अध्यक्ष प्रचण्डलाई ललितपुर भैसेपाटीस्थित नेपाल  मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको हो ।

    अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले  कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण  रक्तचाप बढ्न गई मेडिसिटी अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 


    मेडिसिटी अस्पतालका महाप्रवन्धक विजय रिमालले माओवादी अध्यक्ष प्रचण्ड उच्चरक्तचाप बढेपछि मेडिसिटी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार