काठमाडौं । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ। अस्पतालका अनुसार उहाँलाई स्वास्थ्य स्थिति सामान्य रहेको छ। जोशी यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना भइ डिस्चार्ज हुनुभएको थियो।