काठमाडौं । डाक्टर प्रिती भुषालसहितको टोली सगरमाथा आरोहण गर्ने क्रममा लुक्ला पुगेको छ ।
यात्राको पहिलो दिन शुक्रबार डा भुषाल सहितको टोली लुक्ला पुगेको हो ।
कोभिड—१९ को लडाईंविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाईमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।
उहाँले प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिने आफ्नो दोस्रो लक्ष्य रहेको बताउनुभएको छ ।
हिमालयन सेपर्ड इको टुरिजमको व्यवस्थापनमा हुन लागेको आरोहणमा भुषालसँगै चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पा र लाक्पा नुरु शेर्पा हुनुहुन्छ ।
अर्घाखाँची स्थायी घर भएकी भुषाल हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत हुनुहुन्छ । डा.भुसालले सगरमाथा आरोहण गर्ने जानकारी यसअघि पत्रकार सम्मेलन मार्फत दिइसक्नुभएको छ । यसअघि डा. भुषालले ६ हजार ११९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसक्नुभएको छ ।