काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका चिकित्सक ओमविजु पन्तलाई पुनः स्पष्टिकरण सोधेको छ ।
कोशी अस्पतालमा कार्यरत सन्सलटेण्ट रेडियोलोजिष्ट डा.पन्तलाई स्वास्थ्य मन्त्रालयले सेवाबाट बर्खास्त गर्नका लागि स्पष्टिकरण सोधेको हो ।
यसअघि सोधिएका स्पष्टिकरण र डा.पन्तले दिएको स्पष्टिकरण चित्तबुझ्दो जवाफ नआएको भन्दै पुनः स्पष्टिकरण सोधिएको हो ।
डा.पन्त विदा स्वीकृत नगराई २०७५ वैशाख २ गतेदेखि कोशी अस्पतालमा अनुपस्थित हुनुहुन्छ । पन्तलाई मन्त्रालयले भविष्यमा स्वास्थ्य सेवाको लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्न लागेको हो । कारबाही नगर्नुपर्ने भए सो को सबुद प्रमाणसहित पुनः सातदिनभित्र स्पष्टिकरण पेश गर्नलाई मन्त्रालयले आज सूचना निकालेको हो ।
हेरौंसूचनाः 