काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना लागेको जानकारी दिनुभएको हो ।
उहाँले कोभिड १९ परीक्षणका क्रममा पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भन्दै आफू होम आइसोलेसनमा बसेको बताउनुभयो ।
उहाँले १४ दिन होम आइसोलेसनमा रहने भन्दै यसअघि आफूसंग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन समेत अनुरोध गर्नुभयो ।
माओवादी केन्द्रीय कार्यालयका कर्मचारी तथा केही वरिष्ठ नेताहरुलाई केही दिन अघि नै कोरोना देखिएको पुष्टि भएको थियो ।