• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोनाको तेस्रो लहर सुरु भयोः स्वास्थ्य मन्त्रालय

    कोरोनाको तेस्रो लहर सुरु भयोः स्वास्थ्य मन्त्रालय

    बुधबार, साउन २० २०७८
    बुधबार, साउन २० २०७८
    कोरोनाको तेस्रो लहर सुरु भयोः स्वास्थ्य मन्त्रालय


    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले आज प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको संकेत गर्नुभएको हो । उहाँका अनुसार पछिल्लो समय धेरै व्यक्ति अस्पतालमा टाउको दुखेर, सामान्य ज्वरो आएर वा अन्य समस्याका कारण भर्ना हुने क्रम बढ्दै गएको अवस्था छ । 
    ‘अहिले कोभिड–१९ को दैनिक रुपमा सङ्क्रमण पुष्टि हुने सङ्ख्या बढ्दै गएको, अस्पतालमा भर्ना हुनेहरुको सङ्ख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले भन्नुभयो, ‘यो हिसाबले मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं र विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।’
    सरकारले कोरोना परीक्षण निःशुल्क गरिरहेको जानकारी दिँदै उहाँले कोरोना परीक्षणको दायरामा आइदिन सम्पूर्ण नागरिकमा आग्रह समेत गर्नुभएको छ ।कोरोना महामारीविरुद्ध अभियान हाम्रो पुस्ताकै अभियान भएको हुनाले यसमा सबैको एक्यवद्धता र सहकार्यको आवश्यक रहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार