• बुधबार, ४ कात्तिक २०८३
  • images

    जर्मन सरकारद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप सहयोग 

    जर्मन सरकारद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप सहयोग 

    हेल्दीखबर
    बिहीबार , पुस १ २०७८
    हेल्दीखबर
    बिहीबार , पुस १ २०७८
    जर्मन सरकारद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप सहयोग 

    काठमाडौं । जर्मन सरकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई साढे ४१ लाख डोज खोप सहयोग गरेको छ ।
    स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारिले नेपाललाई जर्मनीले ४१ लाख ४२ हजार २ सय ५० डोज खोप सहयोग गरेको जानकारी गराउनुभयो। जोन्सन एण्ड जोन्सन र मोर्डना गरेर जर्मन सरकारले करिब साढे ४१ लाख डोज खोप सहयोग गरेको हो ।
    जर्मन सरकारले काेभ्याक्स सुविधामार्फत माेर्डना १९ लाख ६५ हजार ६ सय माेर्डना यसअघि आइसकेको छ । त्यस्तै २१ लाख ७६ हजार जाेन्सन एण्ड जोन्सनको खोप आज आइपुगेको छ ।
    यता स्वास्थ्यमन्त्री विराेध खतिवडा जर्मनीकाे सरकासँग सहकार्य गर्न उत्साहित भएको बताउनुभएको छ । पुस ४ देखी खाेप लगाउने  जानकारी दिदै मन्त्री खतिवडाले भूकम्पमा पनि विभिन्न स्थानमा स्वास्थ्य संस्था निर्माणमा सहयोग गरेकाेमा जर्मन सरकारलाई धन्यवाद दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार