• मंगलबार, ३ कात्तिक २०८३
  • images

    १५ लाख नेपालीलाई पुग्ने अमेरिकी कम्पनीको खोप आयो

    १५ लाख नेपालीलाई पुग्ने अमेरिकी कम्पनीको खोप आयो

    हेल्दीखबर
    सोमबार, असार २८ २०७८
    हेल्दीखबर
    सोमबार, असार २८ २०७८
    १५ लाख नेपालीलाई पुग्ने अमेरिकी कम्पनीको खोप आयो

     काठमाडौं,२८ असार ।अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। खोप लिनका लागि स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विमानस्थल पुग्नुभएको  थियो। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मन्त्री श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभयो । 

    यो खोप  २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने तथा एक पटक मात्र लगाए मात्रा पुग्ने खोप हो । यस्तै भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरिएको २० लाख मध्ये १० लाख डोज कोभिसिल्ड, चीनको सिनोफर्माबाट खरीद गरिएको ४० लाख मध्ये १० डोज भेरोसेल समेत आइसकेको छ । यो नेपालमा प्रयोग हुने कोरोना विरुद्धको तेस्रो खोप हो। यसअघि नेपालमा अक्सफोड अस्ट्राजेनकाले विकास गरेको भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनाफार्मको भेरोसेल खोप प्रयोग भइरहेको छ।
    कोभ्याक्स सुविधाबाट भने ३ लाख ४८ हजार डोज मात्रै आएको छ । कोभ्याक्सले २० प्रतिशत जनतालाई पुग्ने गरी करीब १ करोड २० लाख डोज खोप निशुल्क उपलव्ध गराउने बताउँदै आएको छ ।

    images

    अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो।
    नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन्।
    नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार