• सोमबार, १५ भदौ २०८३
  • images

     एक पटक मात्र लगाए पुग्ने १५ लाख डोज खोप सोमबार नेपाल आउने 

     एक पटक मात्र लगाए पुग्ने १५ लाख डोज खोप सोमबार नेपाल आउने 

    कोभ्याक्स सुविधा अन्तर्रगत खोप आउन लागेको हो

    जोन्सन एण्ड जोन्सन कम्पनीको खोप कोभ्याक्स सुविधा अन्तर्रगत आउन लागेको हो । 

    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
    हेल्दीखबर
    शुक्रबार, असार २५ २०७८
     एक  पटक मात्र  लगाए पुग्ने १५ लाख  डोज  खोप सोमबार नेपाल आउने 


    काठमाडौं,२५ असार । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप सोमबार नेपाल आउने भएको छ । १५ लाख मात्रा खोप नेपाल आउने भएको हो । यो खोप एक डोज मात्र लगाए पुग्छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय श्रोतका अनुसार सोमबार  कोभ्याक्स सुविधा अन्तरर्गत जोन्सन एण्ड जोन्सन कम्पनीको जेनसेन खोप आउन लागेको हो ।  विश्व स्वास्थ्य संगठनको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ ।  खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । उक्त खोप अमेरिकाले कोभ्याक्सलाई उपलव्ध गराउने र कोभ्याक्सले नेपाललाई दिन लागेको हो । दुई दिन अघिमात्रै कोभ्याक्स फ्यासिलिटि मार्फत नेपाललाई प्राप्त हुने जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८५० डोज कोभिड भ्याक्सिन नेपाल आयात गर्नका लागि अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार