काठमाडौं,२० असार । नेपालमा जोन्सन एण्ड जोन्सनको १० लाख मात्रा कोभिड विरुद्धको खोप आउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अबको एक महिनाभित्र कोभ्याक्स फ्यासिलिटी मार्फेत जोन्सन एण्ड जोन्सन कम्पनीको खोप आउने भएको हो । कोरोना विरुद्ध बनेका अन्य खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। नेपाल सरकारले सोझै जोन्सन एण्ड जोन्सनको कम्पनीसँग खरीद गर्ने गरी प्रयास गरेको थियो। यसका लागि छलफलको प्रक्रिया समेत अगाडि बढे पनि कम्पनीले तत्काल खोप उपलब्ध गराउन नसक्ने बताएको थियो। नेपालमा कोभ्याक्स सुुविधामाफर्त अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ। कोभ्याक्सले कुल जनसख्याको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।