काठमाडौं, २८ असार । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आउने भएको छ । नौ बजेर ४० मिनेटमा उक्त खोप नेपाल आइपुग्दैछ । खोप कतार एयरको चार्टर फ्लाइटबाट आउन लागेको हो ।
अमेरिकी सरकारको प्रत्यक्ष सहयोगमा कोभ्याक्स सुविधा अन्तरगर्त नेपाललाई यो खोप प्रदान गरेको हो ।
यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने तथा एक पटक मात्र लगाए मात्रा पुग्ने खोप हो । यस्तै भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरिएको २० लाख मध्ये १० लाख डोज कोभिसिल्ड, चीनको सिनोफर्माबाट खरीद गरिएको ४० लाख मध्ये १० डोज भेरोसेल समेत आइसकेको छ । यो नेपालमा प्रयोग हुने कोरोना विरुद्धको तेस्रो खोप हो। यसअघि नेपालमा अक्सफोड अस्ट्राजेनकाले विकास गरेको भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनाफार्मको भेरोसेल खोप प्रयोग भइरहेको छ।
कोभ्याक्स सुविधाबाट भने ३ लाख ४८ हजार डोज मात्रै आएको छ । कोभ्याक्सले २० प्रतिशत जनतालाई पुग्ने गरी करीब १ करोड २० लाख डोज खोप निशुल्क उपलव्ध गराउने बताउँदै आएको छ ।