काठमाडौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्र्तगतका शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत परीक्षाका लागि आवेदन फाराम भर्न सूचना जारी गरेको छ ।
आयोगले आज सूचना जारी गर्दै पुस १४ गतेदेखि माघ २० गतेसम्म आयोगको वेवसाइटमा अनलाईन आवेदन भर्नलाई विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
अनलाईन आवेदन पेश गर्ने सम्बन्धि व्यहोरा चिकित्सा शिक्षा आयोगको वेवसाइट मार्फत प्राप्त गर्न सकिने जानकारी पनि आयोगले दिएको छ ।
हेर्नुहोस् सूचनाः
