• शनिबार, ७ कात्तिक २०८३
  • images

    भोलीदेखि ५७ जिल्लामा १८ वर्ष मुनिका बालबालिकालाई मोर्डना खोप लगाईने

    भोलीदेखि ५७ जिल्लामा १८ वर्ष मुनिका बालबालिकालाई मोर्डना खोप लगाईने

    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
    भोलीदेखि ५७ जिल्लामा १८ वर्ष मुनिका बालबालिकालाई मोर्डना खोप लगाईने

    काठमाडौ । आईतबारदेखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ । 
    सरकारले देशभरका  ५७ जिल्लामा भोलिदेखि १४ गतेसम्म मोडर्ना खोप अभियान सञ्चालन गर्न लागेको हो । 
    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो।
    खोप शाखा प्रमुख सागर दाहालले प्रदेश १ मा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा खोप अभियान सञ्चालन हुनेछ । 
    यस्तै प्रदेश २ मा सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा वाग्मतीमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा खोप दिइदैछ ।  गण्डकी प्रदेशमा  गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वतमा खोप अभियान सुरु हुनेछ । 
    खोपशाखा प्रमुख दाहालका अनुसार लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला तोकिएको छ ।  कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान छन् भने सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको छ । 
    यो पटक सरकारले बालबालिकालाई विद्यालयमै केन्द्र राखेर खोप दिने तयारी गरिरहेको छ । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार