काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विद्यार्थी भर्ना गर्नका लागि सूचना जारी गरेको छ ।
आयोगले विद्यार्थी भर्ना र कक्षा सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले सोही कार्यतालिका अनुसार व्यवस्था मिलाउन विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई भनेको छ।
सार्वजनिक कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना आजबाट खुलेको छ। पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ।
आयोगले मंसिर १९ गतेबाट कक्षा सुरु गर्न भनेको छ।
हेरौं सूचना
