• सोमबार, १५ भदौ २०८३
  • images

    १२औँ तहमा बढुवा हुन २१ जनाको निवेदन

    १२औँ तहमा बढुवा हुन २१ जनाको निवेदन

    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    हेल्दीखबर
    आइतबार, असोज २४ २०७८
    १२औँ तहमा बढुवा हुन २१ जनाको निवेदन
    स्वास्थ्य मन्त्रालय


    काठमाडौ । स्वास्थ्य सेवातर्फ १२औँ तहमा बढुवा हुनका लागि २१ जनाको निवेदन परेको छ । निवेदन दिने आज अन्तिम दिन ११औँ तहका २१ जनाले निवेदन दिएका हुन् । २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृतहरूले बढुवाका लागि निवेदन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अब बुढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गर्नेछ । 

    ११औँ तहको बरियतामा पहिलो नम्बरमा योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी हुनुहुन्छ । दोस्रोमा व्यवस्थापन महाशाखामा रहनुभएका डा‍ भीमसिंह तिंकरी, तेस्रो बरियतामा सार्क क्षयरोग केन्द्रका निर्देशक रहेका डा. तारानाथ पोखरेल  हुनुहुन्छ ।चौथोमा डा.तारानाथ पौडेल हुनहुुन्छ । पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा रिट दायर गरेकाले उहाँ निलम्बनमा हुनुहुन्छ । 

    त्यसपछिको बरियतामा स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल हुनुहुन्छ । मन्त्रालयका अनुसार बढुवा गरिएका ३ जनामध्ये एक जनालाई मन्त्रालयमै जिम्मवारी दिने, एक जनालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा र एक जनालाई वीर अस्पतालको निर्देशकको जिम्मवारी दिने तयारी छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार