• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा १ हजार २९० जना उत्तीर्ण

    स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा १ हजार २९० जना उत्तीर्ण

    बुधबार, भदौ २३ २०७८
    बुधबार, भदौ २३ २०७८
    स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा १ हजार २९० जना उत्तीर्ण


    काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषदले २१, २२ र २३ भदौमा सञ्चालन गरेको प्रथम नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत उत्तीर्ण भएका छन् ।
    परिषदले आज बेलुका प्रकाशित गरेको नतिजा अनुसार परीक्षामा कुल सहभागी २ हजार २० जना थिए । त्यसमध्ये १ हजार २९० जना उत्तीर्ण भएका हुन् । परीक्षामा ३९ जना अनुपस्थित भएका थिए ।

    परिषदका अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठका अनुसार स्नातककोत्तर तहमा ३९ जनाले परीक्षा दिएकोमा २० जना ( ५८.८२ प्रतिशत) उत्तीर्ण भएका थिए । स्नातक तहमा २०३ जना सहभागी भएकामा १३३ जना ( ६७.१७ प्रतिशत) र प्रमाणपत्र तहमा कुल १ हजार ७७८ जना सहभागी भएकोमा १ हजार १३७ जना (६५ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

    परिषदले परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा कम्प्युटर विधिबाट सञ्चालन गरेको थियो ।received_390949522475212.jpeg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार