• सोमबार, १५ भदौ २०८३
  • images

    सार्वजनिक विद्यालयमा अध्ययन गरेकालाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन

    सार्वजनिक विद्यालयमा अध्ययन गरेकालाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन

    आइतबार, भदौ २० २०७८
    आइतबार, भदौ २० २०७८
    सार्वजनिक विद्यालयमा अध्ययन गरेकालाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन निर्देशन

    सार्वजनिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले आयोगले लिने २९ समूहको परीक्षामा चिकित्सा शिक्षा ऐनअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो । 
    आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले सार्वजनिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिनुभयो । समिति सदस्य एवम् पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिट र उत्तिर्ण संख्याबीच अन्तर देखिएको भन्दै गुणस्तरिय शिक्षा तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ऐनअनुसार सार्वजनिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । चिकित्सा शिक्षा आयोगका अनुसार बर्सेनि २९ समूहमा २१७२ जनाले छात्रवृत्ति पाउँछन्। कुल सिट संख्या ८२५१ रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार