• सोमबार, १५ भदौ २०८३
  • images

    ओखलढुंगाको मानेभञ्ज्याङ्गमा ग्रामीण आँखा केन्द्र स्थापना

    ओखलढुंगाको मानेभञ्ज्याङ्गमा ग्रामीण आँखा केन्द्र स्थापना

    शनिबार, पुस ३० २०७९
    शनिबार, पुस ३० २०७९
    ओखलढुंगाको मानेभञ्ज्याङ्गमा ग्रामीण आँखा केन्द्र स्थापना


    काठमाडौँ , ३० पुस । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा मोतिराज राई ग्रामिण आँखा केन्द्र सञ्चालनमा आएको छ । 
    आँखा केन्द्रको जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका अध्यक्ष मोहन कुमार श्रेष्ठ र मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले संयुक्त रुपमा  उद्घाटन गर्नुभयो । 

    No description available.
    ग्रामिण आँखा केन्द्रको उद्घाटन पश्चात मानेभञ्ज्याङ्ग गाउँपालिकाका पहुँच नभएका नागरिकहरुले पनि सहज र सर्व सुलभ रुपमा आँखा उपचार सम्बन्धिको सेवा लिन सक्नेछन् । पहुँच नभएका नागरिकहरुले पनि पहुँच लिन सक्ने, आँखा सम्बन्धि उपचारका लागि जिल्ला सदरमुकाम सम्म आउन नसक्ने तथा उपचार गर्न सकिने आँखा सम्बन्धिको रोगको उपचार गर्न सहजता पु¥याउने उद्धेश्यले आँखा केन्द्रको स्थापना गरिएको हो ।

    जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका प्रमुख टिका राईले आँखाको ज्योति सम्बन्धि समस्या भएको कारणले पनि पढाईमा समस्या भएका बालबालिकाको आँखाको उपचारमा समेत सहजता बनाउने उद्धेश्यले आँखा केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो । राईका अनुसार आँखा केन्द्र मार्फत स्थानीय नागरिकहरुले आँखा जाँच, चस्मा सम्बन्धी सेवा, आवश्यक औषधी व्यबस्था तथा आँखा सम्बन्धी समस्याको बारेमा परामर्श सेवा पाउनेछन् ।

    No description available.

    गाउँपालिकाका संस्थापक अध्यक्ष मोतिराज राईले आँखा केन्द्रको नाममा ३ लाखको अक्षयकोषको समेत स्थापना गर्नुभयो । अक्षयकोषको व्यबस्था गरेको कारण आँखा केन्द्रको नाम मोतिराज राई ग्रामिण आँखा केन्द्र मानेभञ्ज्याङ्ग नामाकरण गरिएको पनि जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका प्रमुख राईले बताउनुभयो । अक्षयकोषको पहिलो किस्ता बापतको १ लाख रुपैया पूर्व अध्यक्ष राईले आजै आँखा केन्द्रलाई उपलब्ध गराउनुभयो । आँखा केन्द्रको स्थायीत्वका लागि आफूले अक्षयकोषको स्थापना गरेको राईले बताउनुभयो ।

    No description available.

    नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गा र मानेभञ्ज्याङ्ग गाउँपालिकाको संयुक्त पहल तथा सहकार्यमा आँखा केन्द्रको स्थापना गरिएको हो । ग्रामिण आँखा केन्द्रको उद्घाटन कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका कार्यक्रम परियोजना अधिकृत रवि गौतमको समेत उपस्थिती रहेको थियो ।

    No description available.    No description available.    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार