काठमाडौं । अस्पताल जान लागेका बिरामीहरुलाई फकाएर विभिन्न प्रलोभन देखाई निजी क्लिनिकमा पठाउने काममा सक्रिय १० जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले मंगलबार मोरङस्थित कोशी र नोबल मेडिकल कलेज अगाडिबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ गरेको थियो। मंगलबार राति पक्राउ गरिएको उनीहरुलाई सार्वजनिक गरिएको हो।
उनीहरुले अस्पताल जान लागेका बिरामीहरुलाई फकाएर विभिन्न प्रलोभन देखाई बीचबाटोबाटै बिचौलियाको काम गरी विभिन्न क्लिनिक र महँगा निजी अस्पतालमा पु¥याएर कमिशन लिने गरेको पाइएको एसपी जिसीले बताए। प्रहरीले अनुसन्धान अघि बढाएको छ।
उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दशन जिसीका अनुसार नोबल अस्पताल अगाडिबाट ७ र कोशी अस्पताल अघिबाट ३ गरी १० जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा युनिकेयर फार्मेसीका रोशन गुप्ता, क्याटलाइसेस फार्मेसी मोहमद सिराद, कृपा फार्मेसीका मोहमद समीर, सुजित यादव, दाजुभाइ फार्मेसीका अमित यादव, एपी फर्मेसीका फिरोज रोय र अली फार्मेसीका विश्वास मण्डल छन्। यसैगरी श्रीराम चौधरी, सूर्यनारायण यादव र मो. जली पक्राउ परेका छन्।