• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजको अनुगमन गर्ने 

    स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजको अनुगमन गर्ने 

    अस्पताल शय्या क्षमता सार्वजनिक

    बिहीबार , मंसिर १३ २०८१
    बिहीबार , मंसिर १३ २०८१
    स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजको अनुगमन गर्ने 

    काठमाडौं, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ।

    मन्त्रालयले तीन सय शय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो।

    मन्त्रालयसँग अनुमति प्राप्त गरेका मध्ये सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ। कलेजसँग पाँच सय शय्या क्षमता छ।


    मन्त्रालयसँग चार सय शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ।

    लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज  तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन्।

    बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालहरुले भने तीन सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुमगनको तयारी गरिरहेको छ। क्षमताभन्दा बढी शय्या सञ्चालन भए न भएको तथा बढी क्षमताबारे प्रचार भए नभएको स्थिती अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए।

    medical colz bed.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार