• सोमबार, १५ भदौ २०८३
  • images

    रेजिडेन्ट डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. कोइराला निर्वाचित

    रेजिडेन्ट डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. कोइराला निर्वाचित

    शुक्रबार, साउन ८ २०८३
    शुक्रबार, साउन ८ २०८३
    रेजिडेन्ट डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. कोइराला निर्वाचित

    काठमाडौं, ८ साउन  । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको साझा संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) को अध्यक्षमा डा जितेन्द्र राज कोइराला  निर्वाचित हुनुभएको छ ।

    शुक्रबार सम्पन्न १७औँ कार्यसमिति  निर्वाचनबाट डा. जितेन्द्र राज कोइराला अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँले कुल खसेको मतमध्ये करिब दुईतिहाइ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गर्नुभएको निर्वाचन समितिले जनाएको छ। उपाध्यक्ष पदमा डा. सुनिल पौडेल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

    नवनिर्वाचित कार्यसमितिको सचिवमा डा. अविनाश ओली, सहसचिवमा डा. रिमा थापा तथा कोषाध्यक्षमा डा. पिपेश श्रेष्ठ निर्वाचित हुनुभएको छ।

    त्यसैगरी कार्यसमिति सदस्यमा डा. अञ्जली बिके, डा. प्रज्वल नेपाल, डा. शशांक भट्टराई, डा. संगम न्यौपाने, डा. निरामिका पाठक, डा. सुस्मिता खड्गा, डा. अप्टिक्स सापकोटा र डा. दिलीपकुमार कुशवाहा निर्वाचित हुनुभएको छ।

    नवनिर्वाचित अध्यक्ष डा. कोइरालाले आवासीय चिकित्सकहरूको पेशागत हकहित संरक्षण, शैक्षिक तथा व्यावसायिक वातावरणको सुदृढीकरण, सेवा–सुविधा सुधार तथा चिकित्सकहरूको साझा आवाजलाई थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धतास व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार