• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सा आयोगको चार निर्देशकका लागि १२ जनाको नाम संक्षिप्त सूचीमा

    चिकित्सा आयोगको चार निर्देशकका लागि १२ जनाको नाम संक्षिप्त सूचीमा

    बुधबार, साउन ६ २०८३
    बुधबार, साउन ६ २०८३
    चिकित्सा आयोगको चार निर्देशकका लागि १२ जनाको नाम संक्षिप्त सूचीमा

    काठमाडौं, ६ साउन । चिकित्सा शिक्षा आयोगका चार रिक्त निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएका उम्मेदवारमध्ये १२ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको छ। सूचीमा परेका उम्मेदवारलाई आगामी ८ साउन प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ।

    समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार प्राडा दयाराम पोखरेल, प्राडा दीपेन्द्रबहादुर श्रेष्ठ, प्राडा दिलिप शर्मा, प्राडा विनोदकुमार यादव, प्राडा मृगेन्द्र अमात्य, प्राडा रविन्द्रमान श्रेष्ठ, प्राडा विष्णुप्रसाद शर्मा, प्राडा संघरत्न बज्राचार्य, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सध्या चापागाई आचार्य, प्राडा सुरज बज्राचार्य तथा प्राडा शैलेश प्रधान संक्षिप्त सूचीमा पर्नुभएको छ । 

    आयोगले उहाँहरूलाई आगामी ८ साउन बिहान ८ बजे सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा हुने प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ।

    सिफारिस समितिका अनुसार उम्मेदवारको मूल्याङ्कन आयोगको निर्देशनालय तथा बोर्डसँग सम्बन्धित कार्यक्षेत्रमा रहेको व्यावसायिक दक्षता, व्यवस्थापकीय नेतृत्व क्षमता, कार्यसम्पादन अनुभव तथा पेश गरिएको सोचपत्र (भिजन पेपर) का आधारमा गरिएको हो। यी सबै सूचकबाट प्राप्त अंकको समग्र मूल्याङ्कनपछि उच्च अंक प्राप्त गर्ने उम्मेदवारलाई संक्षिप्त सूचीमा समावेश गरिएको समितिले जनाएको छ।

    चिकित्सा शिक्षा आयोगमा हाल मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज का निर्देशक पद रिक्त छन्। ती पदमा योग्य उम्मेदवार सिफारिस गर्ने उद्देश्यले नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार