• सोमबार, १५ भदौ २०८३
  • images

    ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा सुरु

    ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा सुरु

     एक महिनासम्म १० प्रतिशत छुट

    सोमबार, जेठ २५ २०८३
    सोमबार, जेठ २५ २०८३
    ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा सुरु

    काठमाडौँ, २५ जेठ । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले अत्याधुनिक सिटिस्क्यान सेवा सञ्चालनमा ल्याएको छ।

     अस्पतालले आइतबार आयोजित एक कार्यक्रममा नयाँ सिटिस्क्यान मेसिनको औपचारिक उद्घाटन गर्दै सेवा प्रारम्भ गरेको हो।

    नयाँ सेवा सुरु भएको अवसरमा अस्पतालले आजदेखि आगामी एक महिनासम्म सिटिस्क्यान शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको छ।

    अस्पतालका निर्देशक डा. आरपी चौधरीले एडभान्स स्तरको बालमैत्री सिटिस्क्यान मेसिन जडान गरी सञ्चालनमा ल्याइएको जानकारी दिँदै यसबाट उपचार सेवाको गुणस्तर र प्रभावकारितामा थप सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

    उहाँका अनुसार यसअघि सिटिस्क्यान आवश्यक पर्ने बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाउनुपर्ने अवस्था थियो। त्यसका कारण बिरामी तथा आफन्तले अनावश्यक झन्झट व्यहोर्नुपर्थ्यो भने रिपोर्ट प्राप्त गर्न पनि समय लाग्ने गरेको थियो।

    उहाँका अनुसार अब अस्पतालभित्रै सिटिस्क्यान सेवा उपलब्ध भएपछि आवश्यकताअनुसार तत्काल परीक्षण गर्न सकिनेछ। 

    यसले बिरामीको समय बचत हुनुका साथै रिपोर्ट पनि छिटो उपलब्ध गराउन सहयोग पुग्नेछ,” डा. चौधरीले बताउनुभयो।

    नेपालको निजी क्षेत्रबाट सञ्चालित पहिलो बाल अस्पतालका रूपमा परिचित ईशान बाल तथा महिला अस्पतालले पछिल्ला वर्षहरूमा महिला स्वास्थ्य सेवामा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै आएको छ।

    अस्पतालले आधुनिक प्रविधि र अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोगमार्फत सेवा विस्तार गर्दै आएको जनाएको छ। पछिल्लो पटक सुरु गरिएको सिटिस्क्यान सेवा पनि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयासको निरन्तरता भएको अस्पतालको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार