• सोमबार, १५ भदौ २०८३
  • images

    ईशान अस्पतालमा डाउन सिन्ड्रोम, अटिजम र मस्कुलर डिस्ट्रोफीको उपचार हुने

    ईशान अस्पतालमा डाउन सिन्ड्रोम, अटिजम र मस्कुलर डिस्ट्रोफीको उपचार हुने

    सञ्चालनमा आयो मल्टि-डिसिप्लिनरी क्लिनिक

    आइतबार, चैत १० २०८१
    आइतबार, चैत १० २०८१
    ईशान अस्पतालमा डाउन सिन्ड्रोम, अटिजम र मस्कुलर डिस्ट्रोफीको उपचार हुने

    काठमाडौँ, १० चैत । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले मल्टि डिसिप्लिनरी क्लिनिक सञ्चालनमा ल्याएको छ । 
    क्लिनिकमा डाउन सिन्ड्रोम, वौद्धिक अपांङ्गता, अटिजम, मस्कुलर डिस्ट्रोफी, मस्तिष्क पक्षघात जस्ता समस्या भएका बिरामीहरुको उपचार हुनेछ ।
    शनिबार अस्पतालमा आयोजित एक समारोहमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सो क्लिनिकको उद्घाटन गर्नुभयो ।

    अस्पतालका कार्यकारी निर्देशक डा आरपी चौधरीले ईशान नेपालकै पहिलो निजी बाल अस्पताल रहेको जानकारी दिदै यसले समय क्रमसंगै सेवाहरुलाई विस्तार गर्दै गईरहेको बताउनुभयो । उहाँले मस्तिष्क सम्वन्धी समस्या परेका बालबालिकाहरुलाई एकै थलोमा आवश्यकता अनुसार उपचार गर्न सकियोस भनेर यो क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो।

    Ishan children hospital .jpg

    मल्टि डिसिप्लिनरी क्लिनिककी योजनाकार समेत रहनुभएको स्त्री रोग विशेषज्ञ डा ललिता जोशीले न्युरो सम्वन्धी विभिन्न रोगहरुका कारण शारीरिक तथा मानसिक अपाङ्ग बनेका वा बन्न खोजेका बालबालिकाहरुको उपचारलाई यो क्लिनिकले सघाउने बताउनुभयो ।

    अस्पतालका निमित्त अध्यक्ष जन थापाले विसं २०५२ सालमा आफ्ना श्रीमान् स्वर्गीय नारायणबहादुर थापाको अगुवाईमा खुलेको अस्पतालमा सेवा थपिदै गएको बताउनुभयो ।सेवाले उहाँको सपना पुरा हुँदै गएको बताउनुभयो  । उहाँले आफ्ना श्रीमान् स्व. थापाले तीन दशक अघि ईशानलाई भविस्यमा मल्टिस्पेश्यालिटी अस्पताल बनाउने गरेको भन्दै त्यसलाई अहिलेको टीमले पुरा गरेको बताउनुभयो ।

    कार्यक्रममा निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा पदम खड्काले यसलाई पेडियाट्रिक क्लिनिको रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले भयावह रुपमा देखन थालेको न्युरो सम्वन्धी समस्यालाई समाधान गर्न सरकार र निजी अस्पताल सञ्चाकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

    Ishan hospital l.jpg

    नागरिकको उपचार प्रभावकारी बनाउन आवश्यक : मन्त्री सुडी 

     महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुडीले नागरिकको उपचार प्रभावकारी बनाउन  आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको बताउनुभयो । उहाँले नयाँ सेवा थप गरेर ईशानले आफूलाई मल्टि सर्भिसेज हस्पिटलको रुपमा उभ्याएको बताउनुभयो ।

    उहाँले अस्पतालले दिने महिला बालबालिका तथा जेष्ठ नागरिकको उपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयले सहयोग गर्न सक्ने बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार