• सोमबार, १५ भदौ २०८३
  • images

    एक सातापछि सगरमाथा क्षेत्रमा हराएका दावा शेर्पाको जीवितै उद्धार

    एक सातापछि सगरमाथा क्षेत्रमा हराएका दावा शेर्पाको जीवितै उद्धार

    ह्याम्स अस्पतालमा उपचार हुँदै 

    बिहीबार , जेठ २१ २०८३
    बिहीबार , जेठ २१ २०८३
    एक सातापछि सगरमाथा क्षेत्रमा हराएका दावा शेर्पाको जीवितै उद्धार

    काठमाडौं, २१ जेठ । सगरमाथा क्षेत्रको खुम्बु आसपासबाट एक सातादेखि सम्पर्कविहीन हुनुभएका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै फेला पर्नुभएको छ ।

     उद्धार टोलीले उहाँलाई खुम्बु क्षेत्रबाट सुरक्षित रूपमा उद्धार गरेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

    उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको शेर्पालाई थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। 

    उद्धारका क्रममा उहाँ अत्यधिक चिसोका कारण हातखुट्टामा समस्या देखिएको अवस्थामा फेला पर्नुभएको थियो ।

     चिकित्सकहरूको निगरानीमा शेर्पाको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
     आरोहण सम्पन्न गरी फर्किने क्रममा जेठ १५ गते तेस्रो शिविर (क्याम्प–३) आसपासको क्षेत्रमा उहाँसँगको सम्पर्क टुटेको थियो। त्यसपछि उहाँको खोजीका लागि विभिन्न निकाय तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित टोलीहरू परिचालन गरिएका थिए।

    लगातारको खोजी अभियानपछि खुम्बु आइसफल क्षेत्रमा उहाँ जीवित अवस्थामा भेटिएपछि उद्धारकर्मी र पर्वतारोहण समुदायमा खुसी छाएको छ। प्रतिकूल मौसम र उच्च हिमाली भूगोलका बीच एक सातासम्म बेपत्ता रहेका व्यक्ति जीवितै फेला पर्नु दुर्लभ घटना मानिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार