काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ४५० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
सिन्धुपाल्चोकको खाडीचौरमा भएको विशेषज्ञ सहितको स्वास्थ्य ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले दिनुभएको जानकारी अनुसार शिविरबाट ४५० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा ह्याम्स अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा करिष्मा पाण्डे, डा रेशिस श्रेष्ठ, हाडजोर्नी रोग विशेषज्ञ डा सन्दिप भण्डारी, छाला रोग विशेषज्ञ डा प्रगती थापा, नाक कान घाँटी रोग विशेषज्ञ डा श्रद्धा फुयाल, डा प्रोपर्टी भण्डारी, रेडियोलोजी डा प्रदिप चापागाईं र सिन्धु सदाबहार अस्पतालकाजनरल फिजिसियन डा अमित विष्ट लगायतका चिकित्सक तथा नर्सिङको टोलीले स्वास्थ्य सेवा दिएका थिए।
भण्डारीका अनुसार स्वास्थ्य शिविरमा समस्याको पहिचान गरी आवश्यकतानुसार भिडियो एक्स–रे सेवा तथा औषधि समेत निःशुल्क वितरण गरिएको थियो। शिविरमा समस्या पत्ता लागेर थप उपचार चाहिने र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ह्याम्स अस्पतालले विशेष छुट दिने छ।











