काठमाडौंं, २५ वैशाख । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)को अध्यक्षमा शैलेश कँडेल निर्वाचित हुनुभएको छ ।
केमसानको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शैलेश कँडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित कार्यसमितिमा विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव तथा निर्मल रेग्मी कोषाध्यक्ष निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन निर्वाचित हुनुभयो ।
संघको निर्वाचन समितिका संयोजक अधिवक्ता शिवराज पिताले अन्तिम नामावली प्रकाशन गर्दै सबै पदमा उम्मेदवार सर्वसम्मत चयन भएको जानकारी दिनुभयो ।
केमसानले नेपालमा रसायन तथा मेडिकल सामग्री आपूर्तिसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समन्वय तथा नीतिगत पहलमा सक्रिय भूमिका खेल्दै आएको छ। निर्वाचन समितिका अनुसार नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।